माछापुच्छ्रेमा एक केजी गाँजासहित २ जना प्रकाउ
पाेखरा | माघ १५, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला कोल्चोकबाट प्रहरीले २ जना एक केजी ३० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीको टोलीले कोल्चोकबाट दुईजनालाई हिजो (आइतबार) लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका–१७ घारेपाटन बस्ने ३४ वर्षीय कुमार सुनार र २८ वर्षीय सन्तोष सुनारलाई कोल्चोकबाट गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

